विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले अभद्र व्यवहार मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अभद्र व्यवहार मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७९।०८।२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना १२ दिन कैद बेरुजु रही फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ का ५२ वर्षीय भुपाल न्यौपाने रहेका छन् । उनलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post