मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले कुटपिट अंगभंग मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
कुटपिट अंगभंग मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७६।०९।१७ गतेको सजाय निर्धारण फैसला आदेशले जनही ५ महिना कैद र २० हजार रुपैयाँ जरिवाना रही फरार रहेका दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ का ३२ वर्षीय एतवार किस्कु सतार र ५३ वर्षीय चुन्नु मरनडी सतार रहेका छन् ।
उनीहरूलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाएको छ ।














Discussion about this post