इटहरी : प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलमा आउन कोसी प्रदेश सरकारले औपचारिक आव्हान गरेको छ ।
कोसी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न वार्तामा आउन आन्दोलनरत पक्षलाई आव्हान गरेका हुन् ।
जुनसुकै आन्दोलनका निकास वार्ताका टेबुल भएकाले नामकरणको विरोधमा भइरहेको आन्दोलनका कार्यक्रम छाडि वार्तामा आउन आग्रह गरेको छ ।
“नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णता राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।” वक्तव्यमा भनिएको छ ।
प्रदेशसभाका ९३ जना प्रदेश सभा सदस्य मध्ये ८२ जना प्रदेशसभा सदस्यहरू अर्थात् ९० प्रतिशत प्रदेशसभा सदस्यहरूको समर्थनमा प्रदेशको नामकरण भएको उल्लेख गरिएको छ ।














Discussion about this post