इटहरी : जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनील ढकालको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार शनिबार बिहान विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिएका ढकालको काठमाडौंंस्थित वर्न हस्पिटल लैजाने क्रममा शनिबार साँझ मृत्यु भएको हो ।
लेखापाल ढकालले बिषादीजन्य पदार्थ सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैँलाई आगो लगाएको खुलेको जबराले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबराले बताए ।
यो पनि – मोरङ : विद्यालयका लेखापालले विद्यालयमै विष सेवनपछि पेट्रोल छर्केर आगो लगाए














Discussion about this post