मोरङ : मोरङमा एक विद्यालयका कर्मचारी शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका २ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार आज (शनिबार) बिहान विद्यालयका लेखापाल ४० वर्षीय मनील ढकाल विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
‘विद्यालयमा गएर विष सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर आफैँलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जबराले टाकुरा न्यूजसँग भने, ‘हामीले रेडक्रसको सहयोगमा उपचारका लागि नोबेल हस्पिटल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपूरस्थित अस्पतालमा रेफर गरिएको छ ।’
ढकालको अवस्था गम्भीर रहेको उनले बताए । बिहान करिब ७ बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबराले जानकारी दिए ।














Discussion about this post