धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।११।२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद बेरुजु रही फरार रहेका पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ का ४५ वर्षीय गुन्थन भन्ने सन्तबहादुर लिम्बूलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बूलाई सुनसरी जिल्ला अदालत बुझाइएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post