इटहरी : नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ।
मंगलबार निगमले विज्ञप्ति जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य घटेको जानकारी दिएको हो।
निगमका अनुसार हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रूपैयाँ घटाइएको छ। योसँगै अब हवाई इन्धन आन्तरिक अब प्रतिलिटर १५० रूपैयाँ पर्नेछ।
त्यस्तै हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर २ सय डलर (प्रतिलिटर करिब २६ रूपैयाँ) घटाइएको छ। हवाई इन्धन बाह्य अब प्रतिकिलोलिटर १ हजार १५० डलर (प्रतिलिटर करिब १५१ रूपैयाँ) पर्नेछ।

नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।
हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ।














Discussion about this post