मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८।०९।०१ गतेको सजाय निर्धारण फैसला अदेशले ५ महिना कैद भइ फरार रहेका विराटनगर महानगरपालिका १५ का २२ वर्षीय धर्मेन्द्रलाई खोजतालस गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post