झापा : झापामा बैङ्किङ कसूर र चोरी मुद्दाका फरार दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कमल गाउँपालिका ७ का ५५ वर्षीय मोहन ढकाल र कनकाई नगरपालिका ५ का ३० वर्षीय मनोज ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ढकाललाई उच्च अदालत पाटनले २०७९ असार २७ गते फैसला सुनाउँदै एक दिन कैद, एक लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
यस्तै, ऋषिदेवलाई झापा जिल्ला अदालतको २०७८ चैत ८ गतेको फैसलाअनुसार ५ वटा चोरी मुद्दामा ६ महिना कैद ५५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । प्रतिवादीहरूलाई फैसला कार्यान्वयनको लागि आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post