विराटनगर : विराटनगर जेसीजको तालिम सप्ताह अन्तरगतको छैठौँ दिनको कार्यक्रम खानपान विधि सम्बन्धी तालिम टेबल मेनेजर सम्पन्न भएको छ ।
विराट स्कूल अफ हस्पिटालिटी शनिहाट विराटनगरमा सम्पन्न कार्यक्रममा खानपिन गर्दा टेबलमा अपनाउने विधिका बारेमा जानकारी दिइएको थियो । उक्त तालिममा सहभागीहरूले कुनै पनि समारोहमा सामेल हुन हतोत्साहित नहुनुपर्ने उक्त तालिमका संयोजक तथा सहजकर्ता सरोज पौडेलले बताए ।
विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाका अनुसार सात दिन भिन्ना–भिन्नै तालिम आयोजना गरिएको छ । कार्यक्रममा विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्ट कलेज विराटनगर जेसीजसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । तालिमको सातौं दिन शुक्रबार (भोलि) समापन तथा प्रभावकारी भाषणकला तालिम र समापन कार्यक्रम सम्पन्न हुने विराटनगर जेसीजका तालिम निर्देशक शिव शंकर मण्डलले जानकारी दिए ।















Discussion about this post