धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानी नोक्सानी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
वन पैदावर हानी नोक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका एक युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ का २९ वर्षीय सुरेश राई रहेका छन् । उनलाई खोजतलास गर्न क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post