इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०६४।०१।१५ गतेको सजाय निर्धारण फैसला आदेशले २० वर्ष कैद बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका ६ का ४३ वर्षीय लाक बहादुर बिशुंखे सार्कीलाई खोजतलास गर्न क्रममा पक्राउ गरिएको हो ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सार्कीलाई सुनसरी जिल्ला अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post