मोरङ : मोरङमा गुणस्तरहीन कालोपत्रे गरिएको भन्दै उप्काइएको छ ।
रङ्गेली ९ दोहमनाका उपभोक्ताले कालोपत्रे उप्काइदिएका हुन् । बालुवामाथि प्राइमकोड नलगाइकन सिंधैं अस्फाल्ट बिच्छ्याएको भन्दै वडा ९ का वडाध्यक्ष चुडामणि रेग्मीको अगुवाइमा स्थानीयले कालोपत्रे उप्काइदिएका हुन् ।
सङ्घीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर नवीनकिशोर श्रेष्ठका अनुसार रङ्गेली –९ को दोहमना बजारबाट पूर्व र दक्षिण जाने सडक सङ्घीय शहरी विकास मन्त्रालयले ५९ लाख रुपियाँमा कालोपत्रे गर्नेगरी ठेक्का लगाएको थियो ।
गत माघमा जयशम्भु निर्माण कम्पनी इलामले ठेक्का प्राप्त गरेको सडक ३६० मिटर लम्बाई र २० फिट चौडाईसँगै दुवैतर्फ नाला रहेको छ ।
सम्झौताअनुसार निर्माण कम्पनीले वैशाख अन्तिममा सडक कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, असार २३ गते राति एकाएक सडक कालोपत्रे गरेपछि स्थानीयले बिरोध जनाएका थिए ।
सडकका उपभोक्ता स्थानीय हर्कबहादुर तामाङले भने, ‘कालोपत्रे गर्नुभन्दा सात दिनअघि बालुवामाथि प्राइमकोड लगाएका थिए ।’
निर्माण कम्पनीका इन्जिनियर भने सम्पर्कमा आएका छैनन् ।














Discussion about this post