इटहरी : इटहरीमा सडकमै धान रोपिएको छ ।
इटहरी १३ स्थित रनीगाउँका स्थानीयबासीले बाटो खराब भएका कारण सडकमै धान रोपेर जनप्रतिनिधिहरूको विरोध गरेका हुन् ।
स्थानीयबासीका अनुसार इटहरी १३ का वडाध्यक्ष चन्देश्वर सरदारलाई बाटोको विषयमा पटकपटक जानकारी गराउँदा पनि वास्ता नगरेपछि आज (बिहीबार) स्थानीयबासीले सडकमै धान रोपेर विरोध गरेका हुन् ।
सडक मर्मत नभएको र पानी पर्दा डुबान हुने भएकाले सडकमै धान रोप्न बाध्य भएको स्थानीयको भनाइ छ ।














Discussion about this post