इटहरी : निरन्रतको मनसुनका कारण इटहरीका विद्यालयहरूमा विदा दिइएको छ ।
इटहरी उपमहानगरपालिकाले यहाँका सबै विद्यालयहरूमा आज विदा दिएको हो ।
लगातार भारी वर्षा भइरहेको तथा जल तथा मौसम विज्ञान विभागको सूचनाले भारी वर्षा हुने सूचना जारी गरेको भन्दै उपमहानगरले इटहरी क्षेत्रभित्रका सवै विद्यालयहरूमा विदा दिएको जनाएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलद्धारा जारी सूचनाअनुसार स्थानीय विदाबाट कट्टा गर्ने गरी आज (शुक्रबार) एक दिनका लागि विदा दिने जनाइएको छ ।















Discussion about this post