इटहरी : सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा युवतीहरूबीच ‘ग्याङ फाइट’ भएको छ ।
तीनजना युवतिमाथि निर्घात कुटपिट भएपछि संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तकोसी किनारमा युवतीहरूको समूहले किशोरीहरूको अर्को समूहमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।
अरू चार जना फरार रहेको र उनीहरूको खोजी भइरहेको राईले जानकारी दिए ।
गत शुक्रबार सप्तकोसी नदीस्थित वराहक्षेत्रको राजाबासमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा बाहिरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post