Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

ताप्लेजुङ ‘लोदेन’ले पर्यटकको मन लोभ्याउँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८०
in भिजिट नेपाल, समाचार
0
ताप्लेजुङ ‘लोदेन’ले पर्यटकको मन लोभ्याउँदै
117
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ।

प्रकृतिसित रमाउने सबैको रहर हुन्छ। प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र ? शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ।

जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ। पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन्।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन्। उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ। फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ। जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ।

सिम्बुकमा होटल छैनन्। तर शेर्पा समुदायले त्यहाँ पुगेका पाहुनालाई जातीय परम्पराअनुसार स्वागत सत्कार गरी राख्छन्। परम्परागत शैलीमा बनेका घरभित्र ओछ्याइएका गलैँचाले जति न्यानो बनाउँछ उति नै उनीहरुको जातीय स्वागत सत्कारले हर्षित बनाउँछ।

शेर्पा तथा भोटे समुदायले पुगेका पाहुनालाई खादा ओढाएर स्वागत गर्छन् भने सबैभन्दा पहिले उक्त समुदायमा प्रचलित चिया अर्थात् (सोज्या) पटक पटक थपेर खुवाउँछन्। ताप्लेजुङमा प्रचलित तोङ्वा, सुकुटी लगायतका शेर्पा समुदायले खाने परिकार यहाँ पाइन्छ।

यस्तै उक्त समुदायमै प्रचलनमा रहेको (धुन्ज्याङ) अर्थात् परम्परागत नाचगान र खानपान सहितको स्वागत कार्यक्रममा समेत सहभागी भई रमाउन पाइन्छ। धुन्ज्याङ विशेष गरी पाहुनाको स्वागतका लागि भोटे तथा शेर्पा समुदायमा चलनमा छ।

सिम्बुक बस्तीमा शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र रमाएपछि यहाँबाट बिहानै लोदेनको यात्रा सुरु हुन्छ। सिम्बुकका प्रायः मानिसका गोठ लोदेनमै भएकाले लोदेनमा पुग्दा बास बस्न सहज हुन्छ। सिम्बुकबाट आवश्यक परे यहाँका मानिसले नै लोदेनसम्म पुर्‍याई दिन्छन्।

सिम्बुकदेखि धेरैजसो खोला किनारै किनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ। टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ। कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झँै लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुङ्गीको गुञ्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरता भित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभाष हुने गर्छ।

‘दुर्गम हिमाली क्षेत्रको यात्रामा सावधानी अपनाउनुपर्छ’, यहाँ घुम्न आएका कास्कीको पोखराका रमेश गुरुङले भने– ‘उच्च क्षेत्रमा चिसो, लेक लाग्नेलगायत समस्या छन्, यसलाई ध्यानमा राखेर औषधि र बाक्लो लत्ताकपडा बोक्नुपर्छ ।’भनेको ठाउँमा खाजा, खाना नपाइने, बिरामी भइहालेमा औषधि नपाइने भएकाले उक्त चुनौतीको सामना गर्न पूर्वतयारी गरेर यात्रा गर्नुपर्ने उनको भनाइ छ।

सिम्बुकदेखि लोदेन खर्क नपुग्दासम्म हरेक एक घण्टाको दूरीमा प्रायः पाटीपौवा भेटिन्छन्। तिनै पाटीपौवामा आराम गर्दै साँझपख लोदेन खर्क पुगिन्छ। दिनभर हिँड्दाको थकान लोदेन खर्कको सुन्दरताले बिर्साइदिन्छ। दिनभर चरन क्षेत्रमा घुमेर गोठ नजिकै पुगेर उभिएका याक र चौँरी देख्दा लाग्छ आफूलाई नै स्वागत गर्न उभिएका होलान्।

याक र चौँरीका गलामा रहेका घण्टी यताउति गर्दा टिङटिङ बजिरहेका हुन्छन्। तिनै पशुचौपायाको सुरक्षामा राखिने कुकुर भुकिरहन्छन्।

‘साँच्चिकै यो वातावरण लोभलाग्दो छ’, चितवनबाट घुम्न आएका विकास लामिछाने भन्छन– ‘लोदेन क्षेत्रमा पशुपालकको आतिथ्यता सम्झिनलायक छ।’ गोठमा तातोपानी खुवाएर उनीहरुले स्वागत गर्छन्। यहाँका गोठमा खान र बस्न पाइन्छ। गोठालासँगै बास बस्नुपर्ने हुन्छ। ‘उनीहरुसित बस्दाको मज्जा छुट्टै छ। यो क्षेत्र घुम्न लायक छ’, उनले भने।

करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन्। सुनपोखरी, लामपोखरी, कुहिने पोखरी अर्थात् (छ्योथाङ्गा), हाँस पोखरीलगायत पोखरीको यहाँ अवलोकन गर्न पाइन्छ। पोखरी आसपासमा केन्जो अर्थात् पदमचाल पनि छ। यहाँका पशुपालकले नै यो क्षेत्रमा घुम्न सहयोग गर्छन्। हिमाली क्षेत्रमा पाइने धुपी सल्ला, सुनपाती, भैरुङपातीको सुगन्ध त छँदैछ। तिनै पशुपालकले यार्सागुम्बा सङ्कलनको अनुभवसमेत सुनाउँछन्।

सुनपोखरीबाट लाम पोखरीतर्फ जाँदा ताप्लेजुङस्थित पाथीभरा, मानाभारा, लुम्बासुम्बा, तोक्पेगोलाको तीनपोखरी रहेको क्षेत्रसमेत नियाल्न पाइन्छ। पापुङ जिल्लाको सबैभन्दा धेरै पोखरी रहेको क्षेत्र हो।

पापुङका उच्च क्षेत्रहरु पोखरीले भरीभराउ छन्। जति जति घुम्यो उति नै सानाठूला पोखरीको अवलोक गर्न पाइने स्थानीय पानदोर्जी शेर्पाले बताउँछन। सोदु पोखरी र भूत पोखरी पनि पापुङमै अवस्थित छन्। सयजरा, जटामसी, बिखमा, यार्सागुम्बा लगायतका जडीबुटी र विभिन्न जातका धुपी यहाँ पाइन्छन्। लोदेन हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला जान सकिन्छ।

लोदेन क्षेत्रमा उत्पादन हुने दूधजन्य पदार्थ, जडीबुटी ओलाङचुङगोला हुँदै तिब्बत निर्यात हुने गरेको छ। यसरी सयौँ पोखरीले भरिभराउ पापुङ क्षेत्रको प्रचारप्रसारसँगै यहाँ पुग्न आवश्यक भौतिक संरचनाको निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन्।

लोदेनसहित पापुङमै पर्ने तोक्पेगोला सहितका क्षेत्र पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रका रुपमा देखिए पनि प्रचारप्रसार र भौतिक संरचनाको अभावले गुमनाम जस्तै बनेको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएका हेमराज निरौलाले बताए। निरौला लोदेन सहितका जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा केही वर्ष यतादेखि निरन्तर लाग्दै आएका छन।

‘प्रचारप्रसार पनि पर्यटन प्रवद्र्धनको मुख्य पाटो रहेछ, पटक पटक पापुङमा पुग्दा प्रचारप्रसारका गतिविधि चलाइयो, आजकल थुप्रै आन्तरिक पर्यटक घुम्नकै लागि जान थालेका छन्, तर प्रचारप्रसारले मात्र पुग्दैन, पैदल मार्गको निर्माणसँगै अन्य भौतिक संरचना निर्माणमा सबै निकायले ध्यान दिन आवश्यक छ’, निरौलाले भने।

पापुङ पोखरी नै पोखरी भएको क्षेत्र भएकाले यसलाई मुलुकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले बताउँछन। गुमनाममा रहेको पापुङ केही वर्षदेखि केही प्रचारप्रसारमा आएको उल्लेख गर्दै उनले यहाँको विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

गाउँपालिकाभित्र फुङफुङे झरना सहितका थुप्रै पर्यटकीय क्षेत्र भएकाले स्थानीय सरकारले आफ्नो क्षमता अनुसारका गतिविधि गर्दै आएको र सङ्घीय सरकारसँग समेत पर्यटन प्रवद्र्धनका लागि छलफल भइरहेको उनले बताए।

प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवद्र्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ।

पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ। पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो। दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको तोक्पेगोला पुग्न सदरमुकामबाट दुई दिनको समय लाग्छ। यहाँबाट लोदेन पुग्न दुई दिन लाग्छ। 

रासस

Tags: #ताप्लेजुङ#पर्यटन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.