Saturday, November 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेशमा उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८०
in समाचार
0
कोसी प्रदेशमा उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त
134
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् ।

बहुमत सदस्यको हस्ताक्षरका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराइएको छ।

पछिल्लो पटक गत २१ असारमा सरकार गठन भएको थियो। त्यसबेला सभामुख रहेका गौतमको हस्ताक्षरसहित थापा मुख्यमन्त्री बने पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो।

सरकार गठन हुँदा थापालाई कांग्रेस, माओवादी, नेकपा एस र जसपाका ४६ सांसदको साथ थियो। जसमा सभामुख गौतमको हस्ताक्षरसहित ४७ सदस्य बनाएर मुख्यमन्त्रीका लागि दाबी पेस गरिएको थियो। सोही आधारमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

नेकपा एमालेले २२ असारमा असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

माले कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा साउन ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको थियो।

साउन १२ गते प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए।

सर्वोच्च अदालतको आदेशपछि खापुङले साउन १६ गते अपराह्न ५ः०० बजेसम्मको समयसीमा दिएर धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए।

सोहीअनुसार सभामुख गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका हुन्।

Tags: उद्वव थापाकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान
FEATURE BREAKING

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

विराटनगर : ट्याक्टर दुर्घटनामा परेका एक चालक दुई घण्टाभन्दा बढी समय ट्याक्टर र गोलिया काठमुनि च्यापिएर छटपटाइरहे । प्रहरी र...

आजदेखि तिहार सुरु
धर्म/संस्कृति

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ...

देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

कार्तिक २१, २०८३
आजदेखि तिहार सुरु

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

कार्तिक २१, २०८३
देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    380 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.