Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेशमा उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८०
in समाचार
0
कोसी प्रदेशमा उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त
131
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् ।

बहुमत सदस्यको हस्ताक्षरका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराइएको छ।

पछिल्लो पटक गत २१ असारमा सरकार गठन भएको थियो। त्यसबेला सभामुख रहेका गौतमको हस्ताक्षरसहित थापा मुख्यमन्त्री बने पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो।

सरकार गठन हुँदा थापालाई कांग्रेस, माओवादी, नेकपा एस र जसपाका ४६ सांसदको साथ थियो। जसमा सभामुख गौतमको हस्ताक्षरसहित ४७ सदस्य बनाएर मुख्यमन्त्रीका लागि दाबी पेस गरिएको थियो। सोही आधारमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

नेकपा एमालेले २२ असारमा असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

माले कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा साउन ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको थियो।

साउन १२ गते प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए।

सर्वोच्च अदालतको आदेशपछि खापुङले साउन १६ गते अपराह्न ५ः०० बजेसम्मको समयसीमा दिएर धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए।

सोहीअनुसार सभामुख गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका हुन्।

Tags: उद्वव थापाकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण
समाचार

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको घरबाट आठ सय चार केजी गाँजासहित दुई जना पक्राउ...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप
समाचार

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू रहेको निषेधाज्ञा आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको...

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.