इटहरी : नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य ९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक सय ३० रुपैयाँले घटाएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई मंगलबार इन्धनको नयाँ मूल्यसूची पठाएको थियो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको छ ।














Discussion about this post