इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले सेवाप्रवाहमा सुधार ल्याउन इटहरीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
उपमहानगरले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालयका प्रमुखहरूलाई कार्यालयमा बोलाएर कार्यालयहरूबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिएका हुन् ।
‘उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौं’, प्रमुख पौडेलले भने, ‘अरु कार्यालयहरूका समस्या प्राथमिकता अनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु । इटहरी भित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस ।’
कार्यक्रममा उपप्रमुख संगीता चौधरीले इटहरीलाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले सरकारी कार्यालयहरूको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले नगरका सेवासुविधालाई प्रभावकारी रूपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरे ।














Discussion about this post