इटहरी : डेङ्गु संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसहित साउन महिनामा डेङ्गु संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
डेङ्गु संक्रमणबाट शुक्रबार साँझ बिर्तामोड ५ का ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको केही दिनदेखि बीएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो ।
दुई दिनअघि लावतीलाई परिवारले अस्पतालबाट घर लिएर गएका थिए । घरमै उनको मृत्यु भएको जनाइएको छ ।
यसअघि साउनको पहिलो साता बिर्तामोड ५ कै ४४ वर्षीया मदिना खातुनको डेङगु संक्रमणबाट मृत्यु भएको थियो । डेङ्गु पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।
दुई दिनअघि स्वास्थ्य कार्यालय झापाले जिल्लामा २३८ जना डेङ्गु संक्रमित पुगेको तथ्यांक निकालेको थियो ।













Discussion about this post