धरान : धरानमा डेङ्गु संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ३५ वर्षीया महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको हो ।
यससँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।
महाशाखा प्रमुख मेहताका अनुसार मृतक महिला वडा १४ को भएको जानकारी पाएकोले मृतक परिवारसँग सम्पर्क गरेर थप जानकारी लिने प्रयास भइरहेको पनि उनले बताए ।
धरानमा हालसम्ममा डेङ्गुका संक्रमितको संख्या २५ हजार नाघेको अनुमान गरिएको महाशाखा प्रमुख मेहताले बताए ।










Discussion about this post