दमक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौलालाई मन्त्रालय तानेर गणेशराज कार्कीलाई पठाएको छ ।
निरौलाले कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनलाई यसअघिकै मन्त्रालय तानिएको थियो ।
कार्कीलाई दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएर निरौलालाई मन्त्रालयको अतिरिक्त समूहमा थन्काइएको छ ।
मन्त्रालयको मंगलबार भएको निर्णय अनुसार दमक नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा तारेकेश्वर नगरपालिका काठमाण्डौँमा दरबन्दी भएका कार्कीलाई पठाइएको उल्लेख छ ।
अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लट्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको बाहिरिएपछि उनको मात्र नभएर दमक नगरपालिकाको नै चर्को आलोचना भएको थियो ।














Discussion about this post