धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७६ श्रावण १६ गतेको सजाय निर्धारण फैसला आदेशले लागूऔषध मुद्दामा एक महिना १३ दिन कैद र २ हजार जरिवाना तोकिएपनि हालसम्म फरार रहँदै आएका थिए ।
पक्राउ पर्नेमा धरान १२ का २६ वर्षीय सन्जीप परियार रहेका छन् । उनलाई श्रावण ३० गते धरानबाटैपक्राउ गरेको हो ।
पक्राउ परेका परियारलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागरा पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post