विराटनगर : जन्मदै मलद्वार नभएका एक शिशुको शफल शल्यक्रिया गरिएको छ । विराटनगरस्थित पारस अस्पतालका चिकित्सकहरुले शिशुको सफल शल्यक्रिया गरी मलद्वार तयार पारेका छन् ।
भारतको फारबिसगंजमा मलद्वारविहीन शिशुको जन्मभएपछि तत्कालै चिकित्सकहरूले पेटमा प्वाल पारेर पाइप राखिएको थियो ।
त्यसको करिब ४५ दिनपछि ठूलो आन्द्रा बाहिर निस्किएको थियो । शिशु ९ महिनाको भएपछि शिशुलाई थप उपचारका लागि विराटनगरको पारस अस्पतालमा ल्याइएको थियो ।
डा. सफेउन रहमनका अनुसार अस्पतालमा १५ दिन अगाडि ल्याइएर सम्पूर्ण जाँच गरिसकेपछि झण्डै साढे ४ घण्टा लामो शल्यक्रिया गरेर मलद्वार तयार गरिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा ८ जना चिकित्सकको टोली परिचालन गरिएको थियो ।
बच्चाको पेटबाट बाहिर निस्केको आन्द्रालाई भित्र राखेर अहिले सानो आन्द्रामा पाइप जोडिएको छ । भर्खरै शल्यक्रिया गरिएकोले ६ हप्तापछि पाइप निकालेर मलद्वारबाट दिशा गराइने अस्पतालले जनाएको छ ।
कमजोर आर्थिक अवस्थाका परिवार भएका कारण अस्पतालले शल्यक्रियाका लागि ६५ हजार रुपैयाँमा उपचार गरिदिएको हो । अस्पतालले उपचार तथा अन्य जाँचमा विरामी परिवारलाई सहुलियत र सहजीकरण गरिदिएको डा. रहमानले बताए ।
शल्यक्रियापछि शिशुको अवस्था सामान्य रहेकोले डिस्चार्ज गरिएको छ ।












Discussion about this post