इटहरी : सुनसरीमा डेंगु सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १५ हजार बढी संक्रमित भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्यांकअनुसार ६ महिला र ६ पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।
यस्तै, जिल्लामा १५ हजार ४ सय २५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । २७ हजार २ सय ३४ जनाले डेंगुको जाँच गराउँदा उक्त संख्यामा डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख रजकुमार मेहताले जानकारी दिए ।
उनकाअनुसार डेंगु सङ्क्रमणबाट धरान उपमहानगरपालिकामा मात्रै १२ जनाको मृत्यु भएको हो । गत साउन एक गतेदेखि हालसम्म धरानमा मात्रै १३ हजार ६ सय २७ जना डेंगुको सङ्क्रमित रहेका छन् ।
यस्तै, इटहरी उपमहानगरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८ सय ९१ रहेको छ । त्यस्तै, बराहक्षेत्र नगरपालिकामा ६ सय ४७ जना सङ्क्रमित रहेका छन् भने इनरुवा नगरपालिकामा ७२ जना सङ्क्रमितको रहेका छन् ।
यस्तै, दुहबी नगरपालिकामा १ सय ३ जना सङ्क्रमित रहेका छन् रामधुनी नगरपालिकामा ५५ जनामा मात्रै डेंगुको सङ्क्रमण देखिएको छ ।
यस्तै, सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा ५ जना मात्रै डेंगु सङ्क्रमित छन् भने देवानगंज गाउँपालिकामा ९ जना, बर्जु गाउँपालिकामा ९ जना कोसी गाउँपालिकामा १ जना, भोक्राहा नरसिंह गाउँपालिकामा ५ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post