विराटनगर : कोसी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अन्त्य गरेका हुन्।
एमालेले संसद् चल्न नदिने संकेत देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ।
गएको सोमबार मुख्यमन्त्री उद्वव थापाले सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत जोडेर विश्वासको मत लिएका थिए।
जसको विरोधमा एमालेले बुधबारको संसद् अवरुद्धसमेत गरेको थियो ।




















Discussion about this post