धरान : दुई दशकदेखि धरानको घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्क साम्पाङको निर्देशनमा निकालिएको भन्दै मजदुरहरूले चरणबद्व आन्दोलनको घोषणा गरेका छन् ।
साता दिनअघि साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापनपत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन सुरु गरेको हो ।
मजदुरहरू राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निकालिएको थियो ।
मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले आज (शुक्रबार)देखि आन्दोलन सुरु गरेको हो ।
शुक्रबारदेखि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको छ ।
आन्दोलनको बेवास्ता गरे ९ गते घन्टाघरमा तालाबन्दी गर्ने, १० गते १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने समितिका संयोजक समशेर बर्देवाले बताए ।














Discussion about this post