तरहरा : सुनसरी तेक्वान्दो महासंघ (आईटिएफ) को तेस्रो जिल्ला अधिवेशनले दियाहाङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार इटहरी २० तरहरामा भएको अधिवेशनले राईको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिलन राई र विक्रम लिम्बू, सचिवमा अर्जुन चौंधरी र कोषाध्यक्षमा विपना राई चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा एलिजा राई, हिराधन राई, उदयविक्रम राई, आशिष मगर, इशान राई, सुरज चौधरी, पेमा लामा र विवश तामाङ चयन भएका छन् ।
खेलाडीलाई सम्मान
यसैबीच कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा गत असार २० र २१ गते भोजपुरको दिङ्लामा सम्पन्न प्रथम कोसी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको थियो ।
प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्य पदक प्राप्त गर्दै सुनसरी जिल्ला प्रथम भएको हो । विजेताहरूलाई सम्मान गरिएको छ । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले खेलाडीहरूलाई सम्मान पत्रले सम्मान गरेका थिए ।
साथै, नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता सुनसरी आईटिएफका प्रशिक्षक कन्याम लिम्बूलाई समेत सम्मान गरिएको थियो ।














Discussion about this post