मोरङ : ठगी मुद्दाका फरार प्रतिवादी मोरङको रंगेली नगरपालिका ६ वस्ने वर्ष ३९ का रंजित कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
एक वर्ष तीन महिना कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकिएपनि फरार रहेका अभियुक्त मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले २०७७ पुस १३ गतेको फैसला आदेशले मण्डललाई एक वर्ष तीन महिना कैद र ४० हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए ।
फरार प्रतिवादी मण्डल गाँउघरमा नै लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरी मोरङ अदालतमा उपस्थित गराएको छ ।














Discussion about this post