धरान : धरानमा डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
धरान उपमहानगरपालिका क्षेत्रमा डेङ्गु संक्रमणले थप एकजनाको मृत्यु भएसँगै यो संख्या १३ पुगेको हो ।
मृतकहरूमा सात महिला र ६ जना पुरुष रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
धरानमा हालसम्म २० हजार पाँच सय ९८ जनाको परीक्षण गर्दा १४ हजार सात सय ५८ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post