इटहरी : डेङ्गु संक्रमणबाट पछिल्लो तीन महिनामा १४ जनाको मृत्यु भएको छ । यस्तै, संक्रमितको संख्या २३ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो ।
अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १७ हजार ५३० जना छन् ।
त्यस्तै, वागमतीमा तीन हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिममा ६८० जनामा संक्रमण पुष्टि भएको छ ।














Discussion about this post