इटहरी : इटहरीमा आज (सोमबार)देखि नि:शुल्क शव वहान र एम्बुलेन्स सेवा सुरु गरिएको छ ।
इटहरीबासीलाई नि:शुल्क रूपमा सेवा दिने उदेश्यले इटहरी क्षेत्रभित्र नि:शुल्क रूपमा सेवा विस्तार सुरु गरिएको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागू हुनेगरी नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जानकारी दिए ।
इटहरी उपमहानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वहान र घरदेखि इटहरी अस्पतालसम्म नि:शुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको उनले बताए ।
पौडेलले आँफू निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउँदै एक वर्षभित्रमा इटहरी अस्पतालमा थप सुधार हुने बताए ।
“मेरो उदेश्य इटहरीका जनताको उपचार गर्न धरान, विराटनगर जानु नपरोस् भन्ने हो,” उनले भने ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ ।














Discussion about this post