ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका ६ बिब्लाटे स्थितमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ ।
स्थानीय ग्याबु शेर्पाको १६ वर्षीय छोरा फुर्बा शेर्पालाई चौरी गोठाला गई गोठमा फर्किने क्रममा वर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।














Discussion about this post