धरान : धरानका मेयर हर्क साम्पाङले आफ्नो आदेश नमानेको भन्दै डीएसपीलाई सरुवा गरिदिन आग्रह गर्दै गृह मन्त्रालयलाई पत्र पठाएका छन् ।
उनले इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आफ्नो आदेश नमानेको र शान्ति सुरक्षा कायम नगरेको आरोप लगाएका छन् ।
मेयर सम्पाङले भदौ २७ गते आवश्यक कारबाहीका लागि भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले लेखेको पत्रमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख मल्लले आँफूलाई असहयोग गरेको उल्लेख छ ।
उनले पत्रमा स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने र ढुङ्गा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने स्थानीय शान्ति सुरक्षा खासै काम नगर्ने उल्लेख गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ गरिएको पत्रमा मल्ल सार्वजनिक जग्गा अतिक्रमण, तस्करको अतिक्रमण रोक्न समयमा नआएको आरोप लगाएका छन् ।















Discussion about this post