उदयपुर : उदयपुरको बेल्टारस्थित इलाका प्रहरी कार्यालयले लागूऔषध मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत खोजतलास गर्ने क्रममा आज (शुक्रबार) दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ बस्ने ३४ वर्षीय चण्डीराज राई र १० नं. वडाका ५४ वर्षीय देवल चौधरी रहेका छन् ।
राईलाई उदयपुर जिल्ला अदालतको २०७४ फागुन १६ गतेको फैसलाले दुई हजार रुपैयाँ जरिवाना र चौधरीलाई २०६५ जेष्ठ २४ गतेको फैसलाले २५ रुपैयाँ जरिवाना भएकोमा दुवै जना फरार रहेका थिए ।
पक्राउ गरिएका दुवैलाई जिल्ला अदालतमा उपस्थित गराई जरिवाना भुक्तान गराइएको प्रहरीले जनाएको छ ।














Discussion about this post