ताप्लेजुङ : ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका ५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।
सोमबार साँझ साथीहरूसँग घरको छतमा फुटबल खेल्ने क्रममा चिप्लिएर बालक दुई तलामाथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए ।
बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याए पनि केही समयमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक बालक मिक्वाखोला गाउँपालिका ४ साँबाका अजय लिम्बूका छोरा भएको र उनी आफ्नै फूपु नाता पर्ने आफन्तको घरमा बसेर सदरमुकामको एक विद्यालयमा अध्ययनरत थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post