खोटाङ : खोटाङमा अरिङ्गालले चिलेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका २ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको मंगलबार मृत्यु भएको हो ।
बिहान विद्यालय जाँदै गर्दा उनलाई अरिङ्गालले चिलेको थियो । घाइते बनेकी उनको उपचारका क्रममा दिउँसो साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post