दमक : झापाको दमकमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ ।
इलामको चुलाचुली गाउँपालिका३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरा प्रहार गरी हत्या भएको हो ।
दमक १ कुमाल चोकस्थित एक होटेलमा राति अबेरसम्म मादक पदार्थ सेवन गरेका उनीसहितको समूहमा विवाद हुँदा शुक्रबार बिहान छुरा प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको दमक प्रहरी प्रमुख मनोज कुमार लामाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post