इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको शुक्रबार (आज) बसेको बैठकले मुख्यमन्त्री हिकमत कार्कीले विश्वासको मत नदिने निर्णय गरेको हो ।
भदौ २२ गते मुख्यमन्त्री भएका कार्कीले असोज २० गतेभित्रमा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
कांग्रेस दलको कार्यालयमा बसेको बैठकले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो ।
काँग्रेस कोसी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको जानकारी दिए ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण भएको अवस्थामा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।












Discussion about this post