इटहरी : नेकपा एमालेको कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।
मतगणनाको अन्तिम परिणामअनुसार खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए। उनीहरूको मतान्तर ८२ रहेको छ । ३५ मत बदर भएको छ ।
यस्तै, उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी र उपसचिवमा देवान राई र जलबर्षा राजवंशी निर्वाचित भएका छन्।



















Discussion about this post