झापा : झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
अरिंगालले टोकाइबाट घाइते भएकी बाह्रदशी गाउँपालिका ५ की ६० वर्षीया रामप्यारी भुर्तेलको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीबार साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेललाई अरिँगालको गोला खनिएको र टोकाइबाट घाइते बनेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको वडा सदस्य जय तिम्सिनाले जानकारी दिए ।
उपचारको क्रममा राति ११ बजे भुर्तेलको मृत्यु भएको हो ।














Discussion about this post