विराटनगर : विराटनगर १६ स्थितबाट भन्सार छलीका अवैध रेडिमेड कपडाहरू प्रहरीले बरामद गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार विराटनगर १६ स्थितबाट भन्सार छली गरी नेपालतर्फ भित्र्याउँदै गरेको लेडिज टप्स ८४ थान र लेगिज ८८ थान बरामद गरेको हो ।
बरामद भएका करिब एक लाख २८ हजार मूल्य बराबरको रेडिमेड कपडाहरू भन्सार कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post