झापा : जिल्ला प्रहरी कार्यालय झापाले बैङ्किङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३७ वर्षीय तुलसी फुयाँल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७९।१२।०८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद र १ करोड जरिवाना तथा ४ लाख पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भइ फरार रहेका फुयाँललाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका फुयाँललाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post