धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बिना इजाजत नियन्त्रित औषधि ओसारपसार मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७९।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले २८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भइ फरार रहेका युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १४ का २४ वर्षीय पारुहाङ राई रहेका छन् । उनलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीको भनाइ छ ।














Discussion about this post