इटहरी : कोसी प्रदेशसभा बैठकले बजेट सम्बन्धी अध्यादेश पारित गरेको छ ।
प्रदेशसभाको सोमबार (आज) बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो ।
यसअघि हिक्मत कार्की मुख्यमन्त्री भएको बेला बजेट सम्बन्धी अध्यादेश प्रदेशसभामा पेस भएको थियो ।














Discussion about this post