इटहरी : उदयपुर र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्धाका तीनजना फरार प्रतिवादीहरूलाई कार्तिक २३ गते प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयन अभियानअन्तरगत इलाका प्रहरी कार्यालयई रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले वन मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७५।०९।०६ गतेको फैसला आदेशले १० दिन कैद र नगद २९ हजार ३ सय ६२ रुपैँया जरिवाना रहि फरार रहेका बेलका १ का ६० वर्षीय जयप्रकाश चौधरीलाई पक्राउ गरिएको छ ।
यस्तै, गाली बेइज्जेती मुद्धामा उदयपुर जिल्ला अदालतको मिति २०७३।१२।०५ गतेको फैसलाले नगद ५ सय जरिवाना तोकिएका बेलका १ का ५४ वर्षीय सहदेव चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले चोरी सम्बन्धी कसुर मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७९।११।०२ गतेको फैसला आदेशले ५ महिना कैद र नगद ७ हजार रुपैँया जरिवाना भइ फरार रहेको दुहबी ३ का २८ वर्षीय प्रल्हाद ऋषिदेवलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरको हो ।
पक्राउ परेका फरार प्रतिवादीहरूलाई सम्बन्धित जिल्ला अदालतहरूमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।














Discussion about this post