मोरङ : मोरङको लेटाङमा रुखले किचेर सामुदायिक वनका चौकीदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेटाङ नगरपालिका ९ मा रहेको बाह्रकोठे कोपिला सामुदायिक वनका चौकीदार ४५ वर्षीय इन्द्रबहादुर मगर रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार रुखले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
सामुदायिक वनले खुलाएको पुर्जीअनुसार काठ काट्नलाई हाडेको रुख ढाल्ने क्रममा मगरलाई सोही रुखले किचेको थियो ।
विराटनगरकै कोसी अस्पतालमा पोस्टमार्टम गरेर शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।













Discussion about this post