ताप्लेजुङ : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ ।
उनी सवार प्रदेश २–०१–००१ च ००४० नम्बरको गाडी ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार पहिचानवादीहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुंलेलीले पुष्टि गरे ।
ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले उनी सवार गाडीमाथि ढुंगामुढा गरेको उनले बताए ।
तोडफोडपछि उनी सवार गाडीको सिसा फुटेको छ। दसैं, तिहार, छठ, जस्ता चाडपर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा भट्टराई सहभागी थिए ।
उनीसहित एमालेबाट निर्वाचित सांसदहरू उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो पनि सहभागी थिए ।
खासगरी तत्कालीन प्रदेश १ को नाम एमाले सरकारको नेतृत्वमा कोशी राखिएको विषयमा असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरू आन्दोलित छन् ।
यसअघि उक्त क्षेत्रमा माओवादीका इन्द्र आङ्बो लगायतका नेतामाथि पनि आक्रमणको प्रयास भएको थियो ।














Discussion about this post